२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बायर्नको पाँच गोल, ४ अंकको अग्रतासहित शीर्ष स्थानमा

एजेन्सी

म्युनिख — दोस्रो हाफमा गरेको उत्कृष्ट पुनरागमनले बायर्न म्युनिखले इनट्राच्ट फ्र्या‌ंकफर्टलाई शनिबार राति ५–२ ले हरायो र बुन्डेसलिगामा फेरि चार अंकको अग्रता बनाएको छ । बायर्न ६१ अंकसहित शीर्ष स्थानमा रहेको छ भने डर्टमन्ड ५७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

बायर्नको पाँच गोल, ४ अंकको अग्रतासहित शीर्ष स्थानमा

अब मंगलबारको खेलमा बायर्नले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको सामना गर्नेछ । लियोन गोरेट्ज्का, रोबर्ट लेवनडोस्की र थोमस मुलरको गोलले बायर्नले सुरुमा तीन गोलको अग्रता लिएको थियो ।

एलिनाज एरिनामा भएको खेलमा फ्रायन्कफर्टले मार्टिन हिन्टरेगरको दुई गोलमा खेलमा फर्कने प्रयास गरेको थियो । त्यसयता एलफान्सो डेभिस बायर्नका लागि चौथो गोल गरे । पाँचौं गोल हिन्टरेगरको नाममा आत्मघाती रह्यो र उनले अपेक्षा नगरेको ह्याट्रिक गरे ।

यसअघि डर्टमन्डले उल्भ्सबर्गलाई २–० ले हराएर बायर्नमाथि दबाब सिर्जना गरेको थियो । डर्टमन्डका लागि राफेल गुरेरो र आकरफ हाकिमीले गोल गरे । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा बायर लेभरकुजनले बोरुसिया मोन्चेनग्लायडब्याकलाई ३–१ ले हरायो र तेस्रो स्थान कब्जा गर्‍यो ।

यो जितपछि लेभरकुजनको ५३ अंक भएको छ । हारले मोन्चेनग्लायडब्याक भने ५२ अंकमा चौथो स्थानमा झरेको छ । अन्य खेलमा वेडर ब्रेमनले फ्रेइबर्गलाई १–० ले हरायो । एससी पाडेरबर्ग ०७ र होफनहायनले १–१ को बराबरी खेले ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?