हर्था बर्लिनले लियो बदला

एएफपी

बर्लिन — हर्था बर्लिनले आफ्नो ७४ हजार दर्शक क्षमताको खाली ओलम्पिक रंगशालामा शुक्रबार राति युनियन बर्लिनलाई ४–० ले हराएको छ । यो जितपछि हर्था अंक तालिकाको दसौं स्थानमा उक्लेको छ ।

हर्था बर्लिनले लियो बदला

कोरोना महामारीबीच फेरि सुरु भएको बु्न्डेसलिगाको यो दोस्रो साताको पहिलो खेल हो । हर्थाको जितमा दोसो हाफमा भेडाड इबिसेभिच, डोडी लुकेबाकिओ, म्याथस कुन्हा र डेडरेक बोयाटाले गोल गरे ।

लिग रोकिनुअगाडि यिनै दुई टिमबीचको पहिलो खेलमा युनियन विवादास्पद ढंगले विजयी रहेको थियो । हर्थाले अब त्यसको बदला लिएको छ र अंकतालिकाको आफ्नो स्थिति सुदृढ बनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?