कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्लोपलाई प्रशिक्षण सुरु गर्दा विद्यालयको अनुभव

एएफपी

लन्डन — लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यो सिजनको इंग्लिस प्रिमियर लिग सिजन पूरा हुनेमा विश्वस्त रहेको दाबी गर्दै आफ्नो टिमलाई प्रशिक्षणमा उतारेका छन् ।

क्लोपलाई प्रशिक्षण सुरु गर्दा विद्यालयको अनुभव

अहिले सानो समूह बनाएर खेलाडीले बुधबारदेखि अभ्यास सुरु गरिसकेका छन् । क्लोपको टिम ३० वर्षयता पहिलोपल्ट लिग उपाधि चुम्नेबाट दुई जितमात्र टाढा छ ।

कोरोना भाइरस संक्रमणको महामारीले खेल रोकिनुअगाडि लिभरपुल लिगको बलियो स्थितिमा थियो । महामारी फैलिएको सुरुआती अवसरमा क्लोपले कोही कसैको ज्यान बच्छ भने आफू लिग स्थगित गर्ने पक्षमा रहेको बताएका थिए । तर अहिले स्थितिअनुकूल बनेको जर्मन प्रशिक्षक मान्छन् । उनले खेलाडीको प्रशिक्षण सुरक्षित रहेको पनि दाबी गरे ।

उनले भनेका छन्, ‘फुटबल फेरि सुरु गर्न हतार गर्नुहुन्न र हतार गरिएको पनि छैन । अहिले हामी फेरि फुटबल फर्काउन पहिलो पाइला चालिरहेका छौं । हामीले सामाजिक दूरी कायम राखेर नै अभ्यास सुरु गरेका छौं ।’ उनले प्रशिक्षण फेरि सुरु गरेको पहिलो दिन आफ्ना लागि विद्यालयमा बिताएको पहिलो दिनजस्तै अनुभव भएको पनि बताए । उनले थपेका छन्, ‘फुटबल नभएको पनि लामो समय भइसकेको छ । तर अहिलेसम्म जति काम भएका छन्, त्यो सही दिशातर्फ नै अग्रसर छ । फुटबल अहिले मैदानमा फर्कने संघारमा छ, यसले खेलप्रेमीलाई खुसी पनि तुल्याएको छ । मलाई पूरा विश्वास छ, इंग्लिस प्रिमियर लिगमा जे भइरहेको छ, त्यो ठीक छ ।’

क्लोपले कोही कसैको जीवनमा जोखिम उठाउनु पनि आवश्यक नभएको माने । उनको तर्क थियो, ‘हामीले चाह्यौं भनेमा हामी कसैको जीवन पनि जोखिममा राख्दैनौं । फुटबल खेल्नु खेलाउनु हाम्रो काम हो, तर यो कसैको जीवनभन्दा ठूलो होइन । कसलाई अहिले फुटबल खेल्न डर छ भने मैदानमा नआए हुन्छ ।’

प्रकाशित : जेष्ठ ९, २०७७ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?