नोयाले थपे बायर्नसँगका अनुबन्ध

एजेन्सी

म्युनिख — जर्मन गोलरक्षक म्यानुएल नोयाले बुधबार बायर्न म्युनिखसँग नयाँ अनुबन्ध गरेका छन् । अब उनी बुन्डे‍सलिगा च्याम्पियन क्लबमा सन् २०२३ सम्म रहने छन् । यसअघि बायर्नका कप्तान समेत रहेका ३४ वर्षीय नोयाको क्लबमा भविष्यलाई लिएर प्रश्न उठेको थियो ।

नोयाले थपे बायर्नसँगका अनुबन्ध

तर सबै आशंकालाई खारेज गर्दै नोयाले भनेका छन्, ‘मैले भविष्यलाई ध्यानमा राखेर यो निर्णय गरेको हुँ । म बायर्नमा खुसी छु ।’ यसअघि नोयाले प्रत्येक सिजनका लागि दुई करोड युरो तलबका माग राखेका थिए ।

सन् २०११ मा उनी साल्केबाट बायर्न आएका थिए । सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा उनी त्यस टिमका प्रमुख सदस्य थिए । बायर्न आएयता नोयाले सात बुन्डे‍सलिगा, पाँच जर्मन कप र एक पटक युरोपेली च्याम्पियन्स लिग जितिसकेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?