जिदानले गरे रियलको प्रशंसा
म्याड्रिड — जिनेदिन जिदानले रियल म्याड्रिडका खेलाडीको शारीरिक र मानसिक स्तर अहिले उत्कृष्ट रहेको दाबी गरेका छन् । उनले कोरोना भाइरस संक्रमणको महामारीबीच खुल्न लागेको स्पेनी फुटबलमा आफ्नो टिमले उपाधि जित्नका लागि सबै खाले प्रयास गर्ने पनि बताए ।
उनले भनेका छन्, ‘सबै खेलाडीले घरमा रहेका बेला पनि नियमित अभ्यास गरेका थिए । त्यसैले अहिले लयमा आउन खासै समय लागेन् । यो टिमको उच्च प्रदर्शनका लागि निकै महत्त्वपूर्ण सावित हुनेछ ।’
स्पेनी ला लिगामा रियल दुई अंकले बार्सिलोना पछाडि दोस्रो स्थानमा छ । यस्तै १२ पल्टको युरोपेली च्याम्पियन्स लिग विजेता रियल क्वाटरफाइनलको पहिलो लेगमा पनि म्यानचेस्टर सिटीविरुद्ध पछाडि रहेको स्थितिमा छ ।
जिदानले बुधबार स्पेनी मिडियासँग टिमको प्रशिक्षणका क्रममा भनेका छन्, ‘सबै खेलाडीले निकै मिहिनेत गरेका छन् र यसले पनि प्रस्ट पार्छ, उनीहरू फुटबललाई कति धेरै मन पराउँछन् भनेर ।’
प्रकाशित : जेष्ठ ८, २०७७ ०७:०६