१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ईपीएलमा अब समूहमा प्रशिक्षण

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) मा मंगलबारदेखि समूहमा प्रशिक्षण गर्न पाइने भएको छ । कोरोना महामारीका कारण रोकिएको लिग फेरि ब्युँताउने क्रममा बसेको क्लबको बैठकले यस्तो निर्णय गरेको हो ।

ईपीएलमा अब समूहमा प्रशिक्षण

अर्को महिना लिग फेरि सुरु गर्ने लक्ष्यमा रहेका सबै क्लबले समूहमा प्रशिक्षण थाल्न सहमति जनाएका छन् । यो निर्णयका बावजुद लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले जुन १२ बाट प्रतियोगिता सुरु गर्ने सम्भावना कम रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘जुन १२ को लक्ष्य कठिन हुने देखिन्छ । खासमा यो सुरुआती लक्ष्य मात्र हो । हामी फेरि लिग सुरु गर्ने लक्ष्यतर्फ अग्रसर भने छौं ।’ स्पेनमा पनि क्लबले समूहमा प्रशिक्षण लिन सक्ने निर्णय भइसकेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?