जर्मनीमा फुटबल सुरु, डर्टमन्ड विजयी

एजेन्सी

डर्टमन्ड, एजेन्सी — कोरोना भाइरस संक्रमणको महामारीबीच जर्मनी शनिबार माथिल्लो डिभिजनको फुटबल फर्कने यो खेलको प्रमुख युरोपेली देश भएको छ ।

जर्मनीमा फुटबल सुरु, डर्टमन्ड विजयी

बुन्डेसलिगामा पाँच खेल भए र ती खेलमध्ये बोर्सिया डर्टमन्ड सबैभन्दा महत्त्वपूर्ण जित निकाल्न सफल रह्यो ।डर्टमन्डले डर्बी खेलमा साल्का ०४ लाई सजिलै ४–० ले हरायो र लिग उपाधिको होडमा आफ्नो सम्भावना जीवन्त राख्न सफल रह्यो । यो जितपछि डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको दूरी १ अंकमा छोट्याएको छ ।

डर्टमन्डले त्यस जितमा इर्लिङ ब्रट हल्यान्डले गोलको खाता खोलेका थिए । तेस्रो स्थानमा रहेको लेपजिपले भने फ्रेइबर्गसँग १–१ को बराबरी खेल्यो । बायर्नको ५५ अंक छ । यस्तै डर्टमन्डको ५४ र लेपजिपको ५१ अंक भएको छ ।


अन्य खेलमा हर्था बर्लिनले होफनहायमलाई ३–० ले पराजित गर्‍यो । यस्तै उल्भबर्गले असबर्गलाई २–१ हरायो भने फर्टना डुसेलडर्फ र पाडेरबर्गले गोलरहित बराबरी खेले ।

प्रकाशित : जेष्ठ ३, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?