कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिरी ए जुन १३ बाट थाल्ने तयारी

एएफपी

मिलान — कोरोनाका कारण स्थगन गरिएको  सिरी ए लिग जुन १३ बाट निरन्तर गर्ने तयारी अघि बढाइएको छ । यसका लागि इटाली सरकारले स्वीकृति दिन भने बाँकी छ ।

सिरी ए जुन १३ बाट थाल्ने तयारी

भिडियो कन्फेरेन्समार्फत लिगको बुधबार बसेको बैठकले जुन १३ को नयाँ मिति तय गरेको हो । लिगका सबै क्लबले सरकारले तोकेका नियम पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

इटालीमा मे पहिलो सातादेखि खेलाडी व्यक्तिगत प्रशिक्षणमा उत्रिसकेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण लिग मार्च ९ बाट रोकिएको थियो । लिगमा १२ चरण र चार खेल अझै खेल्न बाँकी छ ।

युभेन्ट्स लिग तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको लाजियोको एक अंक कम छ । टिमले सोमबारबाट प्रशिक्षक सुरु गर्नेछन् ।

प्रकाशित : जेष्ठ १, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?