२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

ईपीएल सञ्चालनमा कडा नियम

एएफपी

लन्डन — कोरोना महामारीबीच सुरु हुने प्रयासमा रहेको इंग्लिस प्रिमियर लिग (ईपीएल) का लागि बेलायती सरकारले सुरक्षाका कडा नियम जारी गरेको छ ।

ईपीएल सञ्चालनमा कडा नियम

बेलायती मिडियाका अनुसार ईपीएलका सबै २० क्लबलाई अनिवार्य लागू गर्न सरकारले पठाएको सुरक्षा उपायबारेको पत्रमा लिग अवधिमा के गर्नुहुन्छ र के गर्नु हुन्न भन्ने उल्लेख छ । पत्रमा प्रत्येक अभ्यास–सत्रपछि कर्नर फ्ल्याग, बल, कोन्स, गोलपोस्ट र मैदान राम्ररी सफा गर्नुपर्ने, खेलाडीको प्रत्येक साता दुईपल्ट कोरोना जाँच गर्नुपर्नेलगायत निर्देशन दिइएको छ ।

त्यस्तै प्रत्येक दिन अभ्यास सुरु हुनुअगाडि खेलाडीको तापक्रम जाँचिनेछ । शंका लागे तत्काल खेलाडीलाई सात दिन आइसोलेसनमा राख्नुपर्नेछ । खेलाडीले अभ्यासका लागि एक्लै यात्रा तय गर्नुपर्नेछ, सार्वजनिक यातायात प्रयोग गर्न पाउनेछैनन् । पहिलो चरणको अभ्यासका क्रममा खेलाडीले एक अर्कालाई ट्याकल पनि गर्न पाउनेछैनन् ।

प्रकाशित : वैशाख ३१, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?