आईपीएल नभए ठूलो घाटा

(एएफपी)

मुम्बई — इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रद्द भएमा भारतीय क्रिकेटले ठूलो रकम गुमाउने त्यहाँको बोर्ड बीसीसीआईले मंगलबार भनेको छ । विश्वकै सबैभन्दा ठूलो ट्वान्टी ट्वान्टी क्रिकेट लिग सुरुआतको १२ वर्षयता पहिलोपल्ट स्थगित हुने स्थितिमा छ ।

आईपीएल नभए ठूलो घाटा

पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतियोगिता मार्च २८ बाट सुरु हुनु पर्ने हो, बीसीसीआईले दोहोर्‍याएर यसलाई पछाडि सारेको निर्णय गरिसकेको छ । प्रतियोगिता नभएमा कम्तीमा ५३ करोड डलर गुमाउने बीसीसीआईका कोषाध्यक्ष अरुण धुमलले भनेका छन् ।

भारतसँग अन्य सबै क्रिकेट खेल्ने देश आईपीएल र समग्रमा यो खेल फेरि कहिलेदेखि सुरु हुने हो भनेर प्रतीक्षा गरिरहेका छन् । तर यसक्रममा प्रत्येक देशको सरकारी निर्णय र यसले तयार पार्ने नियम पछ्याउनु पर्नेछ ।

धुमलले एएफपीलाई भनेका छन्, ‘यसपल्टको आईपीएल कहिले सुरु हुनेछ, त्यो हामी पनि भन्न सक्ने स्थितिमा छैनौं र प्रतियोगिना नभए ठूलो घाटा हुने निश्चित छ ।’

प्रकाशित : वैशाख ३०, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?