३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दुई मिलान क्लब उत्रिए प्रशिक्षणमा

एएफपी

मिलान — दुई मिलान क्लब इन्टर र एसी मिलानका खेलाडी पनि शुक्रबारदेखि अभ्यासमा उत्रेका छन् । कोरोना भाइरस संक्रमणको महामारीबाट सबैभन्दा बढी प्रभावित इटालीको मिलान सहर दुई महिनाको लकडाउन खुकुलो भएयता सामान्य स्थितिमा फर्कने प्रयासमा छ ।

दुई मिलान क्लब उत्रिए प्रशिक्षणमा

इन्टरले अभ्यास सुरु हुनुअगाडि आफ्ना सबै खेलाडी तथा कर्मचारीमा कोभिड–१९ को परीक्षण गरेको र त्यसमध्ये कोही पनि संक्रमित नपाइएको पनि जनाएको छ ।

इन्टरको अभ्यास सत्रको नेतृत्व कप्तान समिर हान्डनोभिचले गरेका थिए र त्यसमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु पनि सहभागी थिए । लुकाकु मास्क र पञ्जा लगाएर क्लबको एपिनो जेनेटिल ट्रेनिङ सेन्टरमा अभ्यासका लागि आएका थिए ।

प्रकाशित : वैशाख २७, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?