कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बार्सिलोनाका खेलाडी अभ्यासमा

एएफपी

बार्सिलोना — लियोनल मेसीलगायत बार्सिलोनाका खेलाडीले शुक्रबार अभ्यास सुरु गरेका छन् । स्पेनी ला लिगा सुरु हुने भएपछि क्लबले आफ्ना खेलाडीलाई प्रशिक्षण सुरु गर्न दिएको हो ।

बार्सिलोनाका खेलाडी अभ्यासमा

जोन गाम्पर ट्रेनिङ सेन्टरमा मेसीले सामाजिक दूरी कायम राख्दै व्यक्तिगत अभ्यास गरे । एकपल्टमा मैदानमा तीन खेलाडी मात्र उत्रेका थिए र एकले अर्को खेलाडीलाई बल पास पनि दिएनन् ।

लिग सुरु हुनुअगाडि सबै खेलाडीले अनिवार्य कोभिड–१९ परीक्षण गराउनुपर्नेछ । बार्सिलोनासँगै अभ्यास सुरु गर्नेमा सेभिया, भिल्लारियल, ओसासुना र लेनागस पनि छन् ।

रियल म्याड्रिडले भने सोमबारदेखि अभ्यास सुरु गर्नेछ । मध्य मार्चयता कोरोना भाइरस संक्रमणको महामारीका कारण ला लिग स्थगित छ ।

प्रकाशित : वैशाख २७, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?