३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दक्षिण कोरियामा फुटबल सुरु

एएफपी

सोल — कोरोना भाइरस संक्रमणको महामारीयता दक्षिण कोरियामा शुक्रबारदेखि व्यवसायिक फुटबल सुरु भएको छ । पहिलो दिनको खेलमा डिफेन्डिङ च्याम्पियन जियोनबक मोटर्सले कप विजेता सुवान ब्लुविंग्सलाई १–० हरायो ।

त्यसमा डंग गुक लीले ८४ औं मिनेटमा गोल गरे । खेल भएको ४२ हजार ४ सय ७७ दर्शक क्षमताको जियोन्जु विश्वकप रंगशाला खालि थियो र दर्शकलाई प्रवेश गर्न दिइएको थिएन् ।

रंगशालामा खेलाडी, खेल पदाधिकारी र पत्रकार मात्र थिए । यसअघि प्राय: खासै चर्चा नहुने पहिलो डिभिजनको फुटबल के–लिग सबैको आकर्षण पनि बनेको छ । यो खेल टेलिभिजनबाट हेर्न अन्तर्राष्ट्रिय रूपमै ठूलो माग पनि रहेको थियो ।

महामारीका कारण विश्व फुटबल हुन नसकेको स्थितिमा के–लिग फेरि सुरु हुने पहिलो ठूलो प्रतियोगिता हो । खेलका क्रममा गोलमा खुसीयाली मात्र नभएर खेलाडीबीच कुराकानीलाई पनि प्रोत्साहद दिइएको थिएन् ।

सन् २००२ को विश्वकपका तीन खेल आथित्य गरेको जियोन्जु रंगशालामा पत्रकारको दीर्घा भने भरिएको थियो । अन्तर्राष्ट्रिय मिडियाले पनि यो खेललाई ठूलो महत्त्व दिएको छ ।

प्रकाशित : वैशाख २६, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?