सनले पूरा गरे सैनिक तालिम

एएफपी

सोल — टोटनहमका स्ट्राइकर सन हेवङ–मिनले शुक्रबार दक्षिण कोरियाको अनिवार्य तीन साताको सैनिक तालिम पूरा गरेका छन् । उनलाई उत्कृष्ट पाँचमा छनोट गर्दै सेनामा भर्ना पनि गरिएको छ ।

सनले पूरा गरे सैनिक तालिम

दक्षिण कोरियाली सेनाको समुद्री एकाइले सनको तस्बिर पनि सार्वजनिक गरेको छ । त्यसमा उनले एम १६ एसल्ट राइफल बोकिरहेका छन् । सेनाको फेसबुक पेजमा सनले स्यालुट गरिरहेको तस्बिर पनि हालिएको छ ।

दक्षिण कोरियामा शारीरिक रूपमा स्वस्थ सबै पुरुषले दुई वर्षको सैनिक तालिम अनिवार्य लिर्नै पर्छ । इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने एसियाली खेलाडी सनले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा दक्षिण कोरियाका लागि स्वर्ण जितेका थिए ।

उनी एसियाली फुटबल संघका वर्तमान वर्षखेलाडीसमेत हुन् । जापानलाई अतिरिक्त समयमा २–१ ले हराएर फाइनलमा विजेता रहेपछि स्पर्स स्टार मैदानमै रोएका थिए ।

त्यस जितका कारण उनले तीन साता मात्र सैनिक अभ्यास गरे पनि पर्याप्त भएको हो । उनले थप पाँच सय घण्टा सामुदायिक सेवा भने गर्नुपर्नेछ । अप्रिलमा सन जेजुमा भएको सेनाको आधारभूत तालिममा सन सहभागी भएका थिए ।

प्रकाशित : वैशाख २६, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?