२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हात मिलाउँदा  कालोउलाई कारबाही

रोयटर्स

बर्लिन — बुन्डेसलिगाको क्लब हर्था बर्लिनले फरवार्ड सलोमोन कालोउलाई निलम्बन गरेको छ । कालोउले फेसबुकमा हालेको भिडियोमा टिमका साथीसँग हात मिलाएका थिए, जुन कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनका लागि बनाइएको आचारसंहिता विपरीत थियो ।

हात मिलाउँदा  कालोउलाई कारबाही

बर्लिनले यस्तो हर्कत खेलाडीले व्यक्तिगत प्रयासमा गरेको र त्यसमा सामाजिक दूरी कायम राखौं भन्ने भावनाविपरीत क्लब नरहेको जनाएको छ ।

आइभरिकोस्टका यी स्ट्राइकरले आफूले गलत कार्य गर्न पुगेको स्विकारेका छन्, जसलाई जर्मन फुटबल लिगले स्विकार्न नसकिने व्यवहार भएको जनाएको छ । कोरोना भाइरसको महामारी पन्छाउँदै बुन्डेसलिगा सुचारु भएमा चेल्सी, लिले र फेयनुर्डका पूर्व यी खेलाडी कालोउको बर्लिनको पहिलो रोजाइमा पर्न सक्ने मौकामा धक्का लाग्न सक्नेछ ।

आइभरिकोस्टको राष्ट्रिय टोलीबाट ९० खेल खेलिसकेका उनले त्यो भिडियो प्रत्यक्ष प्रसारण भइरहेको आफूलाई थाहा नभएको जनाएका छन् । तर बर्लिनले आफ्नो टोलीका सबै सदस्यको गरेको परीक्षणमा कोही पनि कोरोना भाइरस संक्रमणमा नरहेको पाइएको थियो । मार्चयता कोरोनाका कारण स्थगित बुन्डेसलिगा सरकारले सुरक्षित रहेको मानेमा अर्को साता सुरु हुन सक्छ । यसको निर्णय बुधबार हुन सक्ने जनाइएको छ ।

प्रकाशित : वैशाख २४, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?