२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

फुटबल खेलाडीलाई सहयोग गर्ने एन्फाको प्रतिबद्धता

काठमाडौँ — नेपाल फुटबल संघ एन्फाले नेपाल तथा विश्वभरि फैलिएको कोभिड १९ (कोरोना) महामारीका कारण उत्पन्न भएको जटिल परिस्थतिमा फुटबल खेलाडी तथा फुटबलसम्बद्ध पदाधिकारीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

फुटबल खेलाडीलाई सहयोग गर्ने एन्फाको प्रतिबद्धता

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले उक्त कुरा जानकारी दिएको हो ।

नेपालमा लकडाउनको अवधि थपिदै गर्दा फुटबल खेलाडी तथा यसमा समर्पित अन्यलाई परेको समस्या पहिचान गरी सहयोग गर्ने एन्फाले बताएको हो । एन्फाले यसका लागि संघका स्वास्थ्य समितिका संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा राहत तथा सहयोग समन्वय समिति पनि गठन गरेको जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?