१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अब भर्चुअल टेनिस

बीबीसी

लन्डन — एन्डी मुरेले आफ्नै घरमा रहेर राफेल नाडलविरुद्ध म्याड्रिड ओपन टेनिसको भर्चुअल भर्सनमा अर्को साता प्रतिस्पर्धा गर्ने भएका छन् ।

मुरेको समूहमा गेल मोन्फिल्स र डेनिस सपोभालोभ पनि छन् । अर्का बेलायती जोहान्ना कोन्टाले महिलातर्फ भिक्टोरिया अजारेन्काविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । यस च्यारिटी इभेन्टमा ३२ खेलाडी समावेश छन् । यसको विजेताले आर्थिक रूपमा संघर्षरत खेलाडीका लागि कति सहयोग दिने भन्ने निर्णय गर्नेछन् ।

प्रतियोगिता सोमबार सुरु भएर मंगलबार सकिनेछ । कोभिड–१९ को महामारीको कारण खेलकुद गतिविधि ठप्प भएको यसबेला संघर्षरत खेलाडीको सहयोग गर्न आयोजित यस च्यारिटी इभेन्टमा विजेताका लागि १ लाख ५० हजार अमेरिकी डलर पुरस्कार राखिएको छ । म्याड्रिड ओपन मे १ देखि १० सम्म आयोजना गर्ने तय गरिएको थियो । तर, महामारीको कारण सबै किसिमका व्यावसायिक टेनिसका गतिविधि जुलाई १३ सम्म स्थगित गरिएको छ ।

प्रकाशित : वैशाख १६, २०७७ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?