कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तेन्दुलकरको समर्पण

रोयटर्स

मुम्बई — सचिन तेन्दुलकरले रनको त पहाड नै बनाए, लामै समय क्रिकेट खेलेर । त्यसक्रममा उनले विश्व क्रिकेटको त्यो उचाइ पनि छोए, धेरैको धेरै अपेक्षा पूरा गरे । जति-जति बेला उनी क्रिजमा आउँथे, भारतका करोडौं जनता उनका लागि देवतासँग राम्रो खेल्न सकोस् भनेर प्रार्थना गर्थे ।

तेन्दुलकरको समर्पण

एक प्रकारले यी अन्धविश्वास नै थिए । तर आफ्नो २४ वर्षको खेलाडी जीवनमा रनका पर्याय रहेका तेन्दुलकरले धेरै रोमाञ्चक मोड पनि सामना गरेका छन् ।

जतिबेला तेन्दुलकर क्रिजमा हुँदैनथे, धेरै उनका समर्थकले टेलिभिजन बन्द गर्थे । उनी भएनन् भने खेलको कुनै अर्थ थिएन, तिनका लागि । तेन्दुलकरले ३४ हजारभन्दा माथि अन्तर्राष्ट्रिय रन बनाए, त्यसमा कीर्तिमान शतकको शतक पनि छ । दबाबमा उनी रन चोर्न पनि उत्तिकै सिपालु थिए । उनले बनाएको शतकको शतकमा त्यो दोहोरो शतक पनि पर्छ, जुन पुरुष एकदिवसीय क्रिकेट इतिहासकै पहिलो यस्तो अद्वितीय उपलब्धि हो ।

तेन्दुलकरले तय गरेको यो क्रिकेटको बाटो आफैंमा अविश्वसनीय भने छ किनभने उनले सबैभन्दा पहिला त असफलता नै चाखेका थिए भन्दा हुन्छ, डेनिस लिलीले उनमा केही राम्रो नदेखेपछि । चेन्नईको एकेडेमीमा तीव्र गतिका बलर हुने इच्छा राखेर आएका तेन्दुलकरलाई अस्ट्रेलियाका यी महान् खेलाडीले भर्ना गराउनसमेत स्वीकार गरेनन् । तर उनले एउटा निकै राम्रो सुझाव भने दिए । त्यो तेन्दुलकरलाई आफ्नो ब्याटिङमा बढीभन्दा बढी ध्यान दिन सुझाव थियो ।

यो सल्लाहलाई तेन्दुलकरले मनैबाट लिए । प्रशिक्षकका रूपमा पाए, रमाकान्त आचरेकर । मुम्बईका यी क्रिकेट गुरुले धेरै खेलाडीलाई टेस्टको उचाइसम्म पुर्‍याएका छन् । आचरेकर तेन्दुलकरलाई आफ्नो स्कुटर पछाडि बसाउँथे, अनि मुम्बईको बाटो छिचाल्दै मैदान पुर्‍याउँथे र दिनकै चार खेल खेलाउने गर्थे । उनले त्यस्ता साथी बलर पनि बनाए, जसले रबर बल उनीतर्फ फ्याँक्थे । त्यो बलको दागले तेन्दुलकरलाई थाहा हुन्थ्यो, बलले ब्याटको ठीक मध्यभाग छोयो कि छोएन भनेर ।

घुम्रिएको कपालका धनी तेन्दुलकरको स्वर पनि अनौठो थियो । यिनै तेन्दुलकरले सन् १९८९ मा पाकिस्तान भ्रमणका क्रममा भारतका लागि डेब्युको अवसर पाए । सियालकोटमा भएको त्यस टेस्टमा तेन्दुलकर १६ वर्षका खेलाडी मात्र थिए । वकार युनिसको बलमा उनी घाइते पनि भए । नाकबाट रगतसमेत बगेको थियो । त्यसको दुई दशक भने त्यो स्थिति बन्यो, जतिबेला उनले सबै बलरविरुद्ध खुलेर रन बनाए । उनको रक्षात्मक खेल सुदृढ थियो नै, उनमा ब्याटिङ सबै शट पनि उत्तिकै सबल ।

डनसँग दाँजियो

तेन्दुलकरले ब्याकफुटमा गएर पञ्च दिएर रन बटुले र धेरैलाई प्रसन्न पारे अनि दर्शकलाई उनको अपर कटमा पनि उत्तिकै खुसी थियो । उनका सेट खुबै सानदार देखिन्थ्यो । उनका कीर्तिमान प्रदर्शनको भोक थियो, त्यसैले एकपछि अर्को कीर्तिमान उनको नाममा आयो । त्यसैले त अस्ट्रेलियाका सर्वकालीन महान् खेलाडी डन ब्रेडम्यानसँग प्राय: उनलाई तुलना गर्ने गरिन्छ । तर तेन्दुलकर यो तुलना मन पराउँदैन थिए । आफू जस्तो छ त्यसमै खुसी थिए ।

आफ्नो खेलाडी जीवनमा क्रिकेटप्रति उनको प्रेम असीमित थियो अनि उत्तिकै सम्मान । भारतका पूर्व मेन्टल कन्डिसनिङ प्रशिक्षक प्याडी उप्टनले आफ्नो पुस्तक ‘द बियरफुट कोच’ मा तेन्दुलकरबारे एउटा उल्लेखनीय घटना बताएका छन् । यसले प्रस्ट पार्छ, क्रिकेटप्रति उनको मोह कति धेरै थियो । एकपल्ट नेट सेसनका क्रममा इशान्त शर्माले झर्को मान्दै बललाई खुट्टाले प्रहार गरे । उनी

आफ्नो लय समात्न संघर्ष गरिरहेका थिए । तेन्दुलकरले त्यो बल उठाए र त्यति बेला भर्खर युवा उमेरमा रहेका बलरतर्फ गए र भने, ‘शान्त रहनु । यो त्यही बल त हो, जसले आफूलाई आफ्नो जीवन रमाउन मद्दत गरेको छ ।’

त्यसैले उप्टन मान्छन्, क्रिकेटलाई सबैभन्दा बढी कसैले माया र सम्मान गरेका छन् भने त्यो तेन्दुलकर नै हुन् । उनी कुनै पनि मोडमा युवा र नयाँ खेलाडीले क्रिकेटलाई बेवास्ता गरेर हेपेको हेर्न सक्दैन थिए । उनी चाहन्थे, जो जति क्रिकेटसँग आबद्ध छन्, तिनमा यो खेलप्रति माया र सम्मान दुवै हुनुपर्छ ।

त्यसो त उनको कप्तानी त्यति जम्न सकेनन् । उनको खेलको तुलनामा यो धेरै पछाडि नै रह्यो भन्दा हुन्छ । तर भारतीय टिममा कप्तानीको संकटलाई भने समाधान गरे भन्दा हुन्छ । तेन्दुलकर नै त्यो व्यक्तित्व हो, जसले महेन्द्रसिंह धोनीलाई कप्तान बनाउनुपर्छ भनेर पहिलोपल्ट बोलेका थिए ।

यिनै धोनीले आखिरमा भारतलाई दुई विश्वकप उपाधि दिलाए, एउटा सन् २००७ को ट्वान्टी-२० विश्वकप । अर्को, सन् २०११ को एकदिवसीय विश्वकप । मुम्बईमा प्राप्त त्यो एकदिवसीय विश्वकप सफतालपछि उत्तिकै भविष्य भएको मानिएका विराट कोहली र साथीहरूले तेन्दुलकरलाई काँधमा बोकेर पूरा रंगशाला घुमाएका थिए । यो गज्जबको विजय यात्रा थियो ।

कोहलीले त्यतिबेला भनेका थिए, ‘तेन्दुलकरले २१ वर्षसम्म पूरा देशको जिम्मेवारी आफ्नो काँधमा बोके । अहिले हामी उनलाई बोकिरहेका छौं ।’ तेन्दुलकरप्रति विराटको यो भनाइ खुबै चर्चित छ । र, यसले नै देखाउँछ, उनी भारतका लागि कति धेरै प्रिय छोरा हुन् भनेर ।

प्रकाशित : वैशाख १३, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?