३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जर्मन लिग मेमा सुचारु हुने

बीबीसी

म्युनिख — कोरोना भाइरसको महामारीका कारण विश्वभरि नै सबै फुटबल लिग र प्रतियोगिताहरू रोकिएका छन् । अब बुन्डेसलिगा भने मेबाट दर्शकबिना नै खेलमा फर्किनका लागि तयार भएको छ ।

जर्मन लिग मेमा सुचारु हुने

कोभिड-१९ को महामारीबाट फर्किनका लागि जर्मनीले नेतृत्व गर्न अग्रसर छ । सुरुबाटै निरन्तर परीक्षणको नतिजाले नै जर्मनीमा निकै खराब अवस्थामा पुगेका देशमा भन्दा निकै मृत्युदर कम रहेको छ । जर्मन फुटबल लिग (डीएफएल) बुन्डेसलिगा र दोस्रो डिभिजन लिग सञ्चालनका लागि जिम्मेवार छ । डीएफएल यो सिजन पूर्णता दिनेमा कटिबद्ध छ । अर्को महिना लिग पुनः सुचारु गर्नेबारेको छलफलमा बिहीबार व्यावसायिक ३६ क्लब सहभागी थिए ।

तर, जर्मन फुटबलको आधिकारिक संस्थाले बन्द रंगशालामा दर्शकबिना खेलाउने स्विकृति पाउनुपूर्व अझै केही गम्भीर प्रश्नको सामना गर्नुपरेको छ । ‘यदि मे ९ मा सुरु गर्छ भने हामी तयार छौं । यदि पछाडि नै हुन्छ

भने पनि हामी तयार हुनेछौं,’ डीएफएलका प्रमुखका कार्यकारी अधिकृत क्रिस्टियन सेफर्टले बिहीबार भने, ‘हाम्रा लागि के निर्णायक हो भने जसको निर्णय राजनीतिकर्मीले गर्छन् । कहिले भन्ने निर्णय गर्ने हामीले होइन । बिनादर्शक खेलाउने हाम्रो चाहना होइन । अहिलेको अवस्थामा त्यो मात्रै सम्भव देखिन्छ ।’

प्रकाशित : वैशाख १३, २०७७ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?