कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अग्रपंक्तिमा खट्नेलाई ताली

काठमाडौँ — कोभिड–१९ को महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिरहेका स्वाथ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा फुटबल प्रशिक्षक र खेलाडीहरूले ताली बजाउँदै साथ दिने अभियान सुरु गरेका छन् ।

अग्रपंक्तिमा खट्नेलाई ताली

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ र डिफेन्डर रन्जित धिमाल, थ्रीस्टारका प्रशिक्षक मेघराज केसी, आर्मीका नवीन न्यौपाने, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, आर्मीका कप्तान भरत खवास, गोलकिपर विकेश कुथु, जितेन्द्र कार्की, विकास खवास, जर्जप्रिन्स कार्की, पूर्व मिडफिल्डर राजु तामाङ, मनाङ मर्स्याङदीका मिडफिल्डर अन्जन विष्ट, च्यासलका सुनील बल, पुलिसका भोलानाथ सिलवाल, ब्रिगेड ब्वाइजका कप्तान अनिल गुरुङ, पूर्वखेलाडी बक्सर क्षत्रीले ताली बजाउँदै सम्मन गरेको भिडियो इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अपलोड गरिएको छ । त्यस अभियानमा महिला राष्ट्रिय टिमका खेलाडी सावित्रा भण्डारी, अन्जना रानामगर, दीपा राई, पुनम मगरले पनि साथ दिएका छन् ।

‘कोरोना भाइरसको महामारीविरुद्ध अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई हामीले सम्मान गर्नुपर्छ । उहाँहरूप्रति सम्मान प्रकट गर्नकै लागि ताली बजाउने अभियान थालिएको हो । यसमा साथ दिनुहुने सबैलाई धन्यवाद,’ आर्मीका कप्तान भरत खवासले भने । उनका अनुसार आ–आफ्ना घरमा बनाइएका भिडियोलाई ज्ञानदीप कार्कीले सम्पादन गरी सामाजिक सञ्जालमा अपलोड गरिएको हो ।

प्रकाशित : वैशाख १०, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?