१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

'रोएँ तर अझै राम्रो भएर आउनेछु’

‘वास्तवमै मलाई थाहा थिएन कि समाचारसँगै कहाँबाट सुरू गरौं । पक्कै पनि अहिले ओलम्पिक स्थगनभन्दा पनि ठूलो समस्या आएको छ । तर तीन महिनामा घडीको सुईलाई पूरा गर्नका लागि म तयार थिएँ ।’
बीबीसी

लन्डन — ओलम्पिकमा चार स्वर्णपदक जितेकी सिमोन बायल्स टोकियो ओलम्पिक स्थगनपछि अर्को एक वर्ष उत्तिकै तयारी गर्न पाउनेमा सशंकित छिन् । तर, उनी अब २०२१ मा‑ सारिएको ओलम्पिकका लागि अझै राम्रो तयारी गर्नेमा कटिबद्ध छिन् ।

'रोएँ तर अझै राम्रो भएर आउनेछु’

अमेरिकी जिम्न्यास्टिक खेलाडी बायल्सको संन्यास टोकियो ओलम्पिक २०२० सँगै स्थगन भए पनि २३ वर्षीया उनी थप १५ महिना तयारी गर्नुपर्ने भएपछि सशंकित भएकी हुन् ।

‘मानसिक रूपमा यो अधिक हो र शारीरिक रुपमा पनि । अर्को वर्ष म उच्च स्तरमै रहन सके भने पनि मेरो क्षमताप्रति म आफैं सशंकित छु,’ उनले भनिन्, ‘अब मेरो उत्साह अर्को वर्षका लागि म आफैंलाई प्रमाणित गर्नेमा हो । म फेरि पनि गर्न सक्छु । रियोमा भएभन्दा अझै राम्रो हुनेमा पनि आशावादी छु ।’

बायल्स वर्ल्ड जिम्न्यास्टिक च्याम्पियनसिपकै सबैभन्दा सफल खेलाडी हुन् । उनलाई ओलम्पिकमा पनि उस्तै सफलता हात पार्ने अवसर यो गृष्ममा थियो । कोभिड–१९ को महामारीका कारण टोकियो ओलम्पिक एक वर्षलाई धकेलिएपछि उनी जसरी भए पनि आफूलाई थप १५ महिना पुनः तयारी गर्ने अवस्थामा आइपुगेकी छन् ।


‘म रोएँ,’ उनले भनिन्, ‘वास्तवमै मलाई थाहा थिएन कि समाचारसँगै कहाँबाट सुरु गरौं । पक्कै पनि अहिले ओलम्पिक स्थगनभन्दा पनि ठूलो समस्या आएको छ । तर तीन महिनामा घडीको सुईलाई पूरा गर्नका लागि म तयार थिएँ ।’ उनले थपिन्, ‘मेरो दिमागमा चार वर्ष तय थियो । त्यसैले एक दिन कसरी भन्न सक्छ कि क्षमा गर अर्को वर्षलाई ? क्यालेन्डरलाई पुनः तयार पार्न कठिन छ । जब घडीको लागि पूरा जीवन नै तयारीमा लगाइन्छ भने यो निश्चित समय भयो । त्यसैले यो फिर्ता गर्ने किसिमको मात्रै हो ।’

बायल्सले आफ्नो धारणा परिवर्तन गर्दै जुलाई २०२१ मा हुने ओलम्पिकको तयारीलाई निरन्तरता दिने अठोट गरेकी छन् । भन्छिन्, ‘अलिकति हो । यो गाह्रो छ तर मेरो विचारमा म मानसिक रूपमा बलियो छु । शारीरिक रूपमा पनि अरू सबैले गरेजस्तै हुनेछ । तर त्यागकै अवस्थामा आउने महसुस भने गरिन् र म आफैंले यसको निर्णय लिइसकेकी छु कि खेलमा छ वा छैन भनेर ।’

उनले २३ वर्षको उमेरमै आफूलाई अमेरिकामा जिम्न्यास्टिकका लागि ‘केही बूढी’ मान्छिन्, जहाँ किशोर छँदै संन्यास लिनुअघि एउटा ओलम्पिकमा प्रतिस्पर्धा गर्ने प्रचलन छ । कडा प्रशिक्षणले उनलाई शारीरिक रूपमा पनि तयार राखेको छ तर उनले महसुस गरेको मानसिक सोचाइ नै बायल्सका निम्ति व्यक्तिगत रूपमा सबैभन्दा ठूलो चुनौती हो । यस किसिमले हेर्ने हो भने उनले यो चुनौती पार गर्नसके रियो ओलम्पिक २०१६ मा जितेको चार स्वर्ण र एक कांस्यभन्दा राम्रो नतिजा दिन सक्छिन् ।

‘यो कोणबाट हेर्दा मेरो शरीर कमजोर भइसकेको छ,’ उनले भनिन्, ‘जिम्न्यास्टिकमा अर्को वर्षका लागि मैले मेरो शरीरमा धेरै गर्नुपर्छ । मेरो प्रशिक्षकले मलाई तयार गर्नेछन् । तर मानसिक तयार हुन सकिएन भने शारीरिक रूपमा अप्ठ्यारो हुनेछ । हामी कडा कौशलका लागि धेरै गर्नेछौं कि शतप्रतिशत छैन भन्ने पक्षलाई तोड्न चाहन्छौं । शारीरिक रूपमा म रियोमा भन्दा राम्रो स्थितिमा छु र यो केही सकारात्मक पक्ष हो । तर मानसिक रूपमा म खेलकै उच्चस्तरमा हुनुपर्छ । यो नै सबैभन्दा कठिन हुनेछ ।’


बायल्स भन्छिन्, ‘रियोमा म उत्कृष्ट थिएँ, अहिले भेट्रान भएकी छु । यो बाटोमा दोस्रो समय सधैं त्रसित हुन्छु किनभने मसँग धेरै अपेक्षाको प्रयास थियो तर रोकियो । हामी यति दबाबमा हुन्छौं कि जुन कसैले पनि बुझ्न सक्दैन । दिनको अन्त्यमा गएर हेर्दा त्यो नै हाम्रो जीवन हो कि कसरी हामीले पैसा बनाइरहेका छौं । त्यो हो कि हामी कसरी अगाडि बढ्नुपर्छ । र, त्यो यो हो जुन हामीलाई थाह छ । जब म प्रतिस्पर्धाका लागि बाहिर जाँदा अरू कसैले भन्दा मैले नै आफैलाई बढी दबाब दिन्छु किनभने मलाई थाह छ कि मैले कति मिहिनेत गरेकी छु । म राम्रो गर्न चाहन्छु । म सफलता चाहन्छु ।’

प्रकाशित : वैशाख ८, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?