१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

यूएस ओपन प्रतियोगिताबारे अन्तिम निर्णय एक महिनापछि लिइने

एएफपी

न्यूयोर्क — यूएस ओपन टेनिस प्रतियोगिताका आयोजकले आगामी प्रतियोगिताको आयोजना निर्धारित समयमै हुने विश्वास जनाउँदै दर्शकविहीन प्रतिस्पर्धा गर्ने कुनै सोच नभएको बताएका छन् ।

यूएस ओपन प्रतियोगिताबारे अन्तिम निर्णय एक महिनापछि लिइने

अमेरिकी टेनिस संघका प्रमुख कार्यकारी माइक डोसले सबै प्रकारको सम्भावना खुल्ला रहेको र प्रतियोगिताबारे अन्तिम निर्णय जुनमा लिइने बताए । संघको लक्ष्य दर्शकसहितको प्रतियोगिता नै रहेको उनले बताए ।

डोसले भनेका छन्, ‘दर्शक बिना प्रतियोगिता गर्ने पनि एउटा विकल्प हो, तर अहिले तत्काल हामीले यसबारे सोचेका छैनौं । दर्शकबिना खेल्नु टेनिसको संस्कृति होइन ।’

न्यूयोर्कको नेसनल टेनिस सेन्टर अहिले अल्पकानलीन अस्पतालका रूपमा प्रयोग भइरहेको छ । उक्त सेन्टरमा कोरोना भाइरसबाट संक्रमितको उपचार भइरहेको छ । अमेरिकमा न्युयोर्क कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित सहर हो । अमेरिकामा शुक्रबार बिहानसम्म ३२ हजार ९ सय १७ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । जसमा ठूलो संख्या न्युयोर्कको छ ।

यूएस ओपन तय कार्यक्रम अनुसार अगस्ट ३१ देखि सेप्टेम्बर १३ सम्म हुनेछ । हालसम्म यो नै निर्धारित समयमा हुनसक्‍ने एक मात्र टेनिसको ठूलो प्रतियोगिता रहेको छ ।

प्रकाशित : वैशाख ५, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?