मुलर बायर्नमा थप दुई वर्ष

म्युनिख

एजेन्सी — बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले दुई वर्षका लागि सम्झौता नवीकरण गरेका छन् । यससँगै उनी बायर्नमा सन् २०२३ सम्म रहनेछन् । २००९ मा बायर्न आएयता जर्मनीका ३० वर्षे यी अन्तर्राष्ट्रिय खेलाडीले ५ सयभन्दा बढी खेल खेल्दै १६ प्रमुख उपाधि जितिसकेका छन् ।

मुलर बायर्नमा थप दुई वर्ष


‘यो क्लब मेरा लागि पुरानो रोजगारदाता मात्र नभएर धैर्य पनि हो,’ बुन्डेसलिगामा १ सय १६ गोल गरिसकेका मुलरले भने, ‘यहाँ अर्को दुई वर्ष बिताउन पाउँँदा म खुसी छु । मैदानभित्र र बाहिर म आफ्नो तर्फबाट सबै योगदान दिने छु ।’ बार्यन अहिले बुन्डेसालिगामा ४ अंकको फरकमा शीर्षस्थानमा छ । कोरोना भाइरसको त्राससँगै विश्व नै संकटमा रहेको अवस्थामा बुन्डेसलिगाका खेल पनि अप्रिल ३० यता हुन सकेका छैनन् ।


‘हामी पुनः खेल्नेमा म निश्चित छु, त्यसपछि हामी हाम्रो सफलतालाई पनि निरन्तरता दिने छौं । यसले मलाई हौसला दिनेछ,’ मुलरले भने । बायर्नको ट्रेनिङ यस साता सुरु भएको छ र खेलाडीलाई ५ समूह बनाएर प्रशिक्षण गराइएको छ ।


प्रकाशित : चैत्र २७, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?