नेपालका सबै खेलाडी र प्रशिक्षक स्वस्थ

काठमाडौँ — विश्वव्यापी कोरोना भाइरस(कोभिड–१९)को प्रकोप फैलिँदै गइरहेका बेला राष्ट्रिय खेलकुद परिषदले आफू मातहतका सबै खेलाडी, कर्मचारी तथा प्रशिक्षकहरु स्वस्थ रहेको बताएको छ । 



राखेपले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म नेपालका खेलाडी, प्रशिक्षक तथा कर्मचारीमा कुनै प्रकारको स्वास्थ्य समस्या नभएको बताएको हो ।

राखेपले एकसाताअघि सबै कार्यालय, कर्मचारी, खेलाडी तथा प्रशिक्षकहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आग्रह थियो ।

प्रकाशित : चैत्र २४, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?