१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बन्द रंगशालामा क्रिकेट खेलाउने पक्षमा ल्याङ्गर

एएफपी

सिड्नी — अस्ट्रेलियाली प्रशिक्षक जस्टिन ल्याङ्गरले बन्द रंगशालाबाट फेरि क्रिकेट सुरु गर्ने पक्षमा आफू रहेको आइतबार बताएका छन् । कोरोना भाइरसको महामारीका कारण अहिले क्रिकेट रोकिएको अवस्थामा छ । फेरि यसलाई ब्युँझाउन दर्शकविहीन स्थितिबाट खेल सुरु गर्नुको पनि ठूलो अर्थ हुने उनले दाबी गरे ।

बन्द रंगशालामा क्रिकेट खेलाउने पक्षमा ल्याङ्गर

अन्य सबै खेलजस्तै पूरा विश्व क्रिकेट अहिले शून्यको स्थितिमा छ । फेरि कहिलेदेखि खेल

सम्भव हुने हो, त्यो निश्चित छैन । यस्तोमा क्रिकेटका खेल फेरि सुरु गर्न बन्द रंगशालामा क्रिकेट गराउने पनि एउटा उपाय मानिएको छ । ल्याङगरले भनेका छन्, ‘जतिबेला उमेर समूहमा क्रिकेट खेलिन्थ्यो, त्यतिबेला पनि दर्शक त हुन्न नै थिए ।’

उनले थपेका छन्, ‘तर हामी त्यस्तो स्थितिमा पनि क्रिकेट खेल्थ्यौं, किनभने हामीलाई यो खेल मनपर्छ । क्रिकेट खेल्नुमा प्रेम छ । यही खेलको मायाका कारण हामीले खेल्नुपर्छ र कम्तीमा टेलिभिजन तथा रेडियोबाट त आम खेलप्रेमीले यसको मज्जा लिन सक्छन् । यो फरक स्थिति हुनेछ, तर अहिले हाम्रा लागि फेरि क्रिकेट खेल्नु पनि ठूलो हो ।’

यसअघि इंग्ल्यान्डको एकदिवसीय विश्वकप विजेता कप्तान इयान मोर्गनले पनि कोरोना भाइरस संक्रमणको कारण अनिश्चित भएको क्रिकेट सिजनलाई ठोस रूप दिन एकै दिन फरक फरक स्थानमा दुई अगल टिम उतार्दा पनि फरक नहुने बताएका थिए । उनी पनि चाँडै विश्व क्रिकेटलाई मैदानमा फर्काउनुपर्ने पक्षमा छन् ।

प्रकाशित : चैत्र २४, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?