२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

क्लब ब्रुगलाई च्याम्पियन घोषणा गरिने

एजेन्सी

ब्रसेल्स — कोरोना भाइरसको संक्रमणका कारण बेल्जियमको प्रो लिग स्थगित हुने युरोपको पहिलो ठूलो लिग हुने भएको छ । अहिले तत्काल जुन लिग अंक तालिका छ, त्यसैलाई अन्तिम मानिने छ र त्यसको शीर्ष स्थानमा रहेको क्लब ब्रुग लिग च्याम्पियन घोषणा हुनेछ । 

क्लब ब्रुगलाई च्याम्पियन घोषणा गरिने

लिगका एक चरणका खेल बाँकी भएपनि अब कुनै पनि खेल हुने छैनन् । लिगको बोर्डले यो निर्णय गरेको हो र यसलाई लिगका साधारण सभाले पारित भने गर्नु पर्नेछ ।


क्लब ब्रुगलाई लिग तालिकामा दोस्रो स्थानमा रहेको जेन्कमाथि १५ अंकको अग्रता प्राप्त छ । साधारण सभाले लिगका बाँकी स्थान र रेलिगेसन क्षेत्रको प्ले अफका लागि थप निर्णय पनि गर्नेछ ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?