कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

स्मिथलाई पेनको समर्थन

एजेन्सी

सिड्‍नी — अस्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले स्टिभ स्मिथले फेरि नेतृत्व सम्हाल्ने हो भने आफूले त्यसको समर्थन गर्ने बताएका छन् । सन् २०१८ को मार्चमा स्मिथमाथि बल टेम्परिङ काण्डपछि प्रतिबन्ध लागेको थियो ।

स्मिथलाई पेनको समर्थन

दक्षिण अफ्रिकामा भएको त्यस घटना लगतै ३५ वर्षीय पेनले टेस्ट टिमको नेतृत्व गर्ने अवसर पाएका थिए । पछिल्लो एजेस सिरिजका क्रममा ३० वर्षीय स्मिथ खेलाडीका रूपमा टिममा फर्केका थिए ।


उनीमाथि टिमको नेतृत्व गर्नबाट लागेको दुई वर्षको प्रतिबन्ध पनि अब समाप्त भएको छ । पेन मान्छन्, स्मिथ टिमको कप्तानीमा रमाउने खालका खेलाडी हुन् ।


उनले भने, ‘स्मिथ फेरि टेस्ट टिममा कप्तानको भूमिकामा फर्कन चाहन्छन् भने त्यसमा मेरो पूरा समर्थन रहने छ ।’ नेतृत्व सम्हालेयता पेनले १० टेस्टमा जित निकालेका छन् ।

प्रकाशित : चैत्र १९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?