२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कोरोना नियन्त्रणका लागि बीसीआईले दियो ५१ करोड

एजेन्सी

नयाँ दिल्ली — भारतीय क्रिकेट बोर्ड बीसीआईले कोरोना भाइरस (कोभिड- १९)को संक्रमणविरुद्धको अभियानका लागि ५१ करोड भारतीय रुपैंया सहयोग गर्ने भएको छ । यो रकम भारतीय प्रधानमन्त्री राहत कोषमा जानेछ ।

कोरोना नियन्त्रणका लागि बीसीआईले दियो ५१ करोड

विश्व खेलकुदकै सर्वाधिक धनी संस्था बीसीआईले प्रेस विज्ञप्ती जारी गर्दै यो रकम प्रकोप व्यवस्थापनमा प्रयोग हुने जनाएको छ । अहिले भारतीय खेलकुद क्षेत्रले भाइरसको संक्रमणविरुद्धको अभियानमा आर्थिक सहयोग गर्ने क्रम चलिरहेको छ ।

यसअघि भारतीय पूर्व खेलाडी सचिन तेन्दुलकरले ५० लाख भारतीय रुपैंया त्यसका कोषमा प्रदान गरेका थिए ।

यस्तै बीसीआईका अध्यक्ष तथा पूर्व क्रिकेट खेलाडी शौरभ गांगुलीले पनि निम्न आय भएका भारतीयलाई सहयोग हुने किसिमले ५० लाख भारतीय रुपैंया प्रदान गरेका थिए ।


प्रकाशित : चैत्र १७, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?