कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना प्रकोप : युभेन्ट्सद्वारा खेलाडी र प्रशिक्षकको तलब रोक्का

एएफपी

युभेन्ट्सले खेलाडी र प्रशिक्षक मउरिजो सारीको तबलमा रोक्का गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण इटालीमा अप्रिल ३ सम्मका लागि सबै खाले खेल स्थगित गरिएका छन् ।

कोरोना प्रकोप : युभेन्ट्सद्वारा खेलाडी र प्रशिक्षकको तलब रोक्का

क्लबले भनेको छ, ‘यसमा खेलाडी र प्रशिक्षक पनि सहमत छन् र यसबाट क्लबलाई यस आर्थिक वर्षमा १० करोड डलरको व्यय कम हुनेछ ।’

इटाली कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । त्यहाँ १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

'सिरी ए' स्थगन हुन अगाडि युभेन्ट्स दोस्रो स्थानमा रहेको लाजियो भन्दा एक अंकले अगाडि थियो । रोक्का हुने तलब मार्चदेखि जुनसम्मको हुनेछ । टुरिन क्लबले सहयोगका लागि आफ्ना सबै खेलाडी र प्रशिक्षकलाई धन्यवाद पनि दिएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?