ट्‍वान्टी–२० वरीयतामा नेपाल यथावत

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ट्‍वान्टी–२० वरीयतामा नेपाल यथावत १५ औं स्थानमा रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक  गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा भने नेपाल १६औं स्थानमा रहेको छ ।

ट्‍वान्टी–२० वरीयतामा नेपाल यथावत

यसअघि तीन स्थान ओरालो लाग्दै १५औं स्थानमा पुगेको नेपाल हाल पनि सोही स्थानमा रहेको छ । एसिया कप छनोटअन्तर्गत इस्टर्न रिजनमा खराब प्रदर्शनका कारण नेपाल तीन स्थान तल ओर्लेको थियो । यसअघि नेपालले ट्वान्टी–२० तालिकाको सबैभन्दा माथिल्लो स्थान भने ११ औं स्थान रहेको थियो । यस्तै तालिकाको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा अस्ट्रेलिया, तेस्रोमा इङ्ल्यान्ड, रहेका छन् ।

प्रकाशित : चैत्र १२, २०७६ २३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?