ग्वार्डिओला र मेसीद्वारा लाखौं युरो सहयोग

(एजेन्सी)

बार्सिलोना — म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले कोरोना भाइरसबाट बच्न संघर्षरत आफ्नो देश स्पेनलाई चिकित्सकीय सामग्री खरिदमा सहयोग होस भनेर १० लाख युरो प्रदान गरेका छन् ।

ग्वार्डिओला र मेसीद्वारा लाखौं युरो सहयोग

बार्सिलोनाका पूर्व प्रशिक्षक रहेका ग्वार्डिओलाले यो रकम मेडिकल कलेज अफ बार्सिलोनालाई प्रदान गरेका हुन् र यो रकम कोरोना भाइरस संक्रमितको उपचारमा चाहिने सामग्री किन्न प्रयोग हुनेछ ।


यस्तै बार्सिलोनाको हस्पिटल क्लिनिकले लियोनल मेसीबाट पनि सहयोग प्राप्त भएको जनाएको छ । हस्पिटलले ट्विट गर्दै भनेको छ, ‘लियो, धन्यवाद, सहयोगका लागि ।’


बार्सिलोना कप्तान मेसीले कति रकम सहयोग गरेका हुन् भनेर हस्पिटलले खुलासा गरेको छैन । तर, क्याटलान स्पोर्टस डेलीका अनुसार मेसीले पनि १० लाख युरो दिएका छन् ।


स्पेन कोरोना भाइरसको संक्रमणबाट सबभन्दा प्रभावित देशमध्ये रहेको छ । यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको सूचीमा स्पेन तेस्रो देशमा छ । चीन र इटालीपछि स्पेनमा धेरैको ज्यान गएको छ ।अहिलेसम्म त्यहाँ ४० हजार भन्दा बढी यस भाइरसबाट संक्रमति भइसकेका छन् ।

प्रकाशित : चैत्र १२, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?