२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

ओलम्पिक स्थगित गर्न सुझाव

एएफपी

टोकियो — विश्व एथलेटिक्स संघका प्रमुख सेवास्टियन कोईले टोकियो ओलम्पिक स्थगित गर्न सुझाएका छन् । कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण यस वर्ष हुन लागेको ओलम्पिकबाट क्यानडाले आफ्नो सहभागिता नरहने जनाइसकेको छ । जापानका प्रधानमन्त्रीले स्थगित गर्नु अपरिहार्य जस्तो भएको जनाएका थिए ।

ओलम्पिक स्थगित गर्न सुझाव

अस्ट्रेलियाले आफ्नो खेलाडीलाई टोकियो ओलम्पिकलाई यस वर्ष नभई अर्को वर्षका लागि भनेर तयारी गर्न भनिसकेको छ । त्यसैले पनि जुलाई २४ मा हुने टोकियो ओलम्पिकको समयमा हुने अनिश्चितता बढ्दो छ । जापान र ओलम्पिकका पदाधिकारीहरू भने निर्धारित समयमै ओलम्पिक गर्नका लागि दृढ देखिएका छन् । तर खेलाडीहरू र खेलकुद संस्थाले हालैका दिनमा यसबारे ठूलो आलोचना गरिरहेका छन् ।


आइतबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसीसी) को बैठक बसेको थियो । त्यो बैठकअगाडि विश्व एथलेटिक्सका प्रमुख कोईले आईओसी अध्यक्ष थोमस वाचलाई पत्र लेख्दै अहिलेको स्थितिमा टोकियो २०२० ओलम्पिकलाई सार्न सुझाएका थिए । आईओसीले जापानलाई यसको निर्णय गर्न चार साताको समयसीमा दिएको छ । यसबीचमा क्यानडाले अहिलेको स्थितिमा नखेल्ने भनेर भनिसकेको छ । अस्ट्रेलिया पनि तोकिएको समयमा खेल्न असमर्थ देखिएको छ ।


‘कोरोना भाइरसको प्रभाव विश्वभर फरक–फरक रूपमा छ । त्यसैले सबैको विचारलाई सर्वसम्मत गर्दा जुलाईमा हुने ओलम्पिक खेल नत व्यावहारिक छ न त आवश्यक नै छ,’ कोईको पत्रमा भनिएको छ । जापानका प्रधानमन्त्री सिन्जी अबेले सोमबार संसद्मा जापान ओलम्पिक खेलकुद आयोजना गर्न प्रतिबद्ध रहेको तर अहिलेको स्थितिमा स्थगित गर्नु अपरिहार्य जस्तै भएको बताएका थिए ।

प्रकाशित : चैत्र ११, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?