डिवाला, माल्दिनी र फेलाइनीलाई पनि कोरोना

बीबीसी

काठमाडौँ — अर्जेन्टिना र युभेन्टसका स्ट्राइकर पाउलो डिवाला र इटलीका पूर्वकप्तान पाउलो माल्दिनीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत डिवालाले भनेका छन् कि उनी र उनकी प्रेमिकालाई कोरोना संक्रमण भएको छ र दुवैको स्वास्थ्य अवस्था सामान्य छ । ‘हामी दुवै म र ओरियानामा कोरोना संक्रमण देखियो,’ २६ वर्षीय डिवालाले भनेका छन्, ‘भाग्यबस हामी दुवैको स्वास्थ्य राम्रो छ ।’

एसी मिलानका टेक्निकल डाइरेक्टर माल्दिनी र उनका छोरा ड्यानियलमा पनि कोरोना संक्रमण देखिएको छ । क्लबले जारी गरेको वक्तब्यमा दुवैको अवस्था सामान्य रहेको उल्लेख छ । वक्तब्यमा जनाइएअनुसार एसी मिलानकै शीर्ष टिममा प्रशिक्षण गर्दै आएका १८ वर्षीय ड्यानियल र माल्दिनीले सेल्फ आइसोलेसनमा २ साता बिताएका छन् । उनीहरु पूर्णरुपमा निको नभएसम्म क्‍वारेन्टाइनमा राखिनेछ ।


डिवाला कोरोना संक्रमित हुने युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि सेन्टरब्याक डेनियल रुगानी र फ्रान्सका विश्व विजेता खेलाडी ब्लाइस माटुइडीलाई कोरोना संक्रमण देखिएको थियो । डिवालाकी प्रेमिका ओरियाना सावाटिनी अर्जेन्टिनाकी गायिका नायिका र मोडलसमेत हुन् । उनी सन् १९९० को युएस ओपन टेनिस च्याम्पियन गाव्रेला सावाटिनीकी भतिजी हुन् ।


चीनपछि सबैभन्दा बढी महामारीको रुप लिइरहेको इटलीमा सबै घरेलु खेलकुद गतिविधि अप्रिल ३ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । इटलीमा कोरोना संक्रमणबाट ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर मोरोउन फेलाइनीलाई पनि कोरोना संक्रमण देखिएको छ । ३२ वर्षीय बेल्जियन स्टार फेलाइनी चिनियाँ सुपर लिगमा सानदोङ लुनेङबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । उनी अहिले चीनको जिनान सहरस्थित जिनान अस्पतालको क्वारेन्टाइनमा छन् । चीनमा व्यावसायिक फुटबल खेलिरहेकामध्ये कोरोना संक्रमण हुने उनी पहिलो युरोपेली खेलाडी हुन् ।



प्रकाशित : चैत्र ९, २०७६ १९:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आगलागीबाट ६५ लाखको क्षति

आनन्द गौतम

ताप्लेजुङ — मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारमा भएको आगलागीबाट ६३ लाख ३५ हजार बराबरको क्षति भएको छ । आइतबार दिउँसो भएको आगलागीले साँघु ३ का मानबहादुर प्रसाईंको ४ तले घर पूर्णरुपमा जलेको हो । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त घरमा औषधि, भाँडाकुँडा पसल र ट्रेलर सेन्टर थियो । घरसँगै नगद २ लाख ६५ हजार र ५ तोला सुन पनि जलेको प्रहरीले जनाएको छ । छिमेकी दावा जामु शेर्पाको घरमा सामान्य क्षति पूगेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णुबहादुर खड्काले बताए ।

घरमा रहेको ग्यास सिलिण्डर लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×