२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सेल्फ आइसोलेसनमा वु लेई

एएफपी

सांघाई — चिनियाँ फुटबल संघ (सीएफए) ले ला लिगा क्लब स्पान्योलबाट व्यावसायिक फुटबल खेलिरहेका आफ्ना सुपरस्टार वु लेईलाई कोरोना संक्रमण देखिएको र उपचार भइरहेको जानकारी दिएको छ ।

सेल्फ आइसोलेसनमा वु लेई

‘वु लेईलाई कोरोनाको हल्का लक्षण देखिएको छ र उनको उपचार भइरहेको छ,’ ला लिगामा संघर्षरत क्लब स्पान्योललाई उद्धृत गर्दै सीएफएले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ फुटबल संघले वु र उनको क्लबसँग प्रत्यक्ष सम्पर्क गरिरहेको छ र आवश्यक परेमा सबै प्रकारको सहायता प्रदान गर्न प्रतिबद्ध छ । हामी वुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’


चिनियाँ समाचार संस्था सिन्ह्‍वा का अनुसार चीनका लोकप्रिय फुटबलर वु लेई बार्सिलोनास्थित आफ्नो निवासमा ‘सेल्फ आइसोलेसन’ मा छन् ।

युरोपका शीर्ष पाँच लिगमा खेल्ने वु चीनका एकमात्र फुटबलर हुन् । उनी गत वर्षको जनवरीमा सांघाई सीआईपीजीबाट स्पान्योलमा अनुबन्धित भएका थिए । गत वर्षको अन्त्यमा मध्य चीनको वुहान सहरमा पहिलोपल्ट कोरोना संक्रमण देखिएको थियो । त्यसयता यस भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?