कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

युरोकप स्थगित गर्न इटालीको प्रस्ताव

रोम — यसै वर्षको जुन र जुलाईमा हुने भनिएको युरोकप स्थगित गर्न इटालीको फुटबल संघले आग्रह गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण विश्वभरि फैलिरहँदा यो युरोकप पछि सार्न संघले आग्रह गरेको हो । 

युरोकप स्थगित गर्न इटालीको प्रस्ताव

इटालीको घरेलु लिग ‘सिरी ए’ पूरा गर्न युरोकप सार्न फुटबल संघले युरोपेली फुटबल महासंघ (यूईएफए)लाई अनुरोध गरको छ । युरोकप भने २०२० जुन १२ देखि जुलाई १२ सम्म हुने तय छ ।

इटाली युरोपी मुलुकहरुकै सबैभन्दा बढी संक्रमित मुलुक हो । जसका कारण घरेलु लिग सिरी ए अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ ।

इटाली फुटबल संघका अध्यक्ष ग्रेबियल ग्रेविनाले युईएफएको संगलबार बस्ने बैठकमा आफूले उक्त प्रस्ताव पेस गर्ने जनाएका छन् ।‘हामी युरोकप स्थगित गर्ने प्रस्ताव लिएर जाने छौं,’ ग्राविनाले भने । ‘क्लबहरुले सिरी ए मा ठूलो लगानी लगाएका कारण ‘सिरी ए’ को खेल सक्न कोसिस गर्ने छौं,’ उनले भने ।

इटाली फुटबल संघले यसअघि ‘सिरी ए’ नसकिए वैकल्पिक खेलहरु खेलाउने जनाएको थियो । तर ग्राविनाले पछिल्लो समय ३० जुनसम्म ‘सिरी ए’ सक्ने आशा जनाएका छन् । तर उनले यो समय लम्बिन पनि सक्ने भएका कारण तत्काल खेलाडीहरुलाई प्रशिक्षण नदिन आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र ३, २०७६ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?