सीप्यान अवार्ड स्थगित

काठमाडौँ — क्रिकेट खेलाडी संघ (सीप्यान) ले चैत २१ गते राजधानीको प्रज्ञा भवनमा गर्ने भनिएको एनसीसीएस–सीप्यान क्रिकेट अवार्ड कोरोना भाइरसको त्रासको कारण हाललाई स्थगित गरेको जनाएको छ । अनुकूल परिस्थिति सिर्जना हुनेबित्तिकै अवार्ड गरिने सिप्यानले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

सीप्यान अवार्ड स्थगित

‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणले अहिले विश्वलाई नै आक्रान्त पारेको छ । सबै क्षेत्रका लागि संकटको रूपमा देखा परेको यस विषम परिस्थितिमा अत्यन्त संवेदनशील भएर कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी सतर्कता अपनाउनुपर्ने भएको छ । यो संकटको सामना प्रत्येक क्षेत्र र प्रत्येक व्यक्ति मिलेर गर्नुपर्ने आवश्यकता आजको हो,’ कोरोनाबाट जोगिन अवार्ड रोकिएको कारण देखाउँदै सीप्यानका अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्रिकेट खेलाडीहरूको हकहितका लागि बनेको सीप्यानले गत वर्षबाट यो अवार्डको सुरुआत गरेका हो । शिक्षा क्षेत्रमा क्रियाशील एनसीसीएस समूहको सहकार्यमा सीप्यानले यसपल्टको अवार्डमा पुरुष र महिलातर्फको विजेतालाई समान १ लाख ३२ हजार दिने यसअघि नै गरेको थियो । सीप्यानले यसबाहेक वर्षका उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम एचिभमेन्ट अवार्डबाट पनि पुरस्कृत गर्नेछ । यी तीन विधाको विजेताले समान ६६ हजार पाउनेछन् ।

प्रकाशित : चैत्र ३, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?