कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उमेशले जिते राष्ट्रिय शारीरिक सुगठनको उपाधि

प्रदीप मेन्याङ्बो

सुनसरी — राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तेस्रो संस्करणको उपाधि झापाका उमेश राईले जितेका छन् । उपाधिसँगै उनले नगद २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगितामा ७५ केजी भन्दा बढीको तौल समूहमा राई पहिलो हुँदै ओभरअलमा च्याम्पियन बनेका हुन् । 

उमेशले जिते राष्ट्रिय शारीरिक सुगठनको उपाधि

राईले यसअघि ०७३ सालमा सम्पन्‍न १४ औं मिस्टर धर्मश्रीको समग्रमा तेस्रो स्थान बनाएका थिए भने ०७५ सालमा काठमाडौंमा भएको मिस्टर एभरेस्ट र साउथ एसियन च्याम्पियनसिपमा विजेता बनेका थिए । धरानको एलाइनेट जिमद्वारा आयोजित उक्त प्रतियोगितामा ७५ केजी तौल समूहबाट प्रथम भएपछि ओभरअलमा पुगेका रुपन्देहीका कृष्णप्रसाद श्रेष्ठ दोस्रो हुँदै नगद १ लाख रुपैयाँ हात पारे ।


७० किलो तौलसमूहमा पहिलो बनेका ललितपुरका विनोद सुनार तेस्रो हुँदै नगद ५० हजार रुपैयाँ हात पारे । ६५ केजी तौल समूहबाट मनोज सुवेदी चौथो हुँदै नगद ४० हजार रुपैयाँ जिते भने ५५ केजीबाट विराटनगरका प्रविण राजवंशी पाँचौं हुँदै नगद ३० हजार हात पारे ।


व्यक्तिगत पुरस्कारतर्फ मस्ट इम्प्रुभिङ टाइटल ५५ केजी तौल समूहका प्रविण श्रेष्ठ, बेस्ट पोजरको टाइटल ६५ केजी तौल समूहका विजेन्द्रमान श्रेष्ठ, ७५ प्लस केजी समूहमा सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डरको टाइटल हात पारे । ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका सबैभन्दा कम उमेर (१७ वर्ष) का खेलाडी विशाल पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।


उपाधी विजेताहरुलाई आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, धरान उप–महानगरपालिकाका प्रमुख तिलक राई, एन्फाका प्रदेश १ अध्यक्ष किशोर राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?