ओलम्पिक प्रतियोगिता तोकिएकै समयमा गर्न तयार छौं : जापान

काठमाडौँ — ओलम्पिक प्रतियोगिताको आयोजक राष्ट्र जापानले आफू तोकिएकै समयमा प्रतियोगिता गर्न तयार रहेको बताएको छ । 

ओलम्पिक प्रतियोगिता तोकिएकै समयमा गर्न तयार छौं : जापान

जापानी प्रधानमन्त्री सिनजो अबेले ओलम्पिक प्रतियोगिता तोकिएकै समयमै गर्न जापान तयार रहेको बताएका हुन । विश्वभर फैलिइरहेको कोरोना संक्रमणको असरलाई टाढा राख्दै तोकिएको समयमा ओलम्पिक गर्न जापान तयार रहेको उनले बताए ।


‘हामी कोरोना संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या तोकिएको समयमा ओलम्पिक गर्न तयार छौ,’ पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री अबेले भने, ‘तर, ओलम्पिकको अन्तिम निर्णय भने अन्तराष्ट्रिय ओलम्पिक समितिले नै गर्छ ।’


कोरोनाकै कारण मार्च १२ मा ग्रिसमा बालिएको ओलम्पिक टर्च रिले गर्ने कार्यक्रम रद्द भएको छ । अब टर्च रिले मार्च २६ मा फुकसिमामा हुने तय भएको छ । टर्च रिले सुरुवात गर्न आफैं फुकुसिमामा जान चाहेको प्रधानमन्त्री अबेले बताए ।


विश्वभर ओलम्पिक छनोट खेल स्थगित भइरहेका बेला जापानका प्रधानमन्त्री अबेको यस्तो भनाइले ओलम्पिक हुने कि नहुने भन्ने प्रश्न उब्जाएको छ ।

प्रकाशित : चैत्र २, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?