२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भिल्लामाथि लेस्टरको चार गोल

एएफपी

लन्डन — लेस्टरले इंग्लिस प्रिमियर लिगमा सोमबार राति एस्टन भिल्लालाई ४–० ले हराएको छ । त्यसमा हार्भे बार्नस र जेमी भार्डेले दुई-दुई गोल गरे । यो जितपछि लेस्टरको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना फेरि ठीक दिशातर्फ मोडिएको छ ।

भिल्लामाथि लेस्टरको चार गोल

लेस्टर लिगका पछिल्ला सातमध्ये एकै खेलमा मात्र जित निकालेको थियो । तर खराब लयका बाबजुद अंक तालिकाको तेस्रो स्थानमा भने कायम थियो । लेस्टरको ५३ अंक भएको छ ।


शीर्ष चार स्थानको होडमा लेस्टरले पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडमाथि आठ अंकको अग्रता पनि खोलेको छ । भिल्ला भने पुछारबाट दोस्रो स्थानमा छ । उसको २५ अंक छ ।

प्रकाशित : फाल्गुन २७, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?