दक्षिण अफ्रिकाको क्लिन स्विप- खेलकुद - कान्तिपुर समाचार

दक्षिण अफ्रिकाको क्लिन स्विप

(एएफपी)

पोचेस्ट्रम — अस्ट्रेलियाका मार्नस लबुसेनले आफ्नो पहिलो वान डे शतक बनाए पनि दक्षिण अफ्रिकालाई शनिबार क्लिन स्विपबाट बचाउन सकेनन् । तेस्रो तथा अन्तिम वान डेमा दक्षिण अफ्रिका छ विकेटले विजयी रह्यो ।


दक्षिण अफ्रिकामा जन्मेका लबसेनले १ सय ८ रन बनाए र पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले सात विकेटमा २ सय ५४ रन बनायो । जवाफमा ४.३ ओभर अगाडि नै जित आत्मसात् गर्न सफल रह्यो ।


त्यसमा म्यान अफ द म्याच रहेका जन–जन स्मुट्सले सर्वाधिक ८४ रन बनाए । दक्षिण अफ्रिकाका सिरिजका तीनै वान डेमा विजयी रह्यो ।


प्रकाशित : फाल्गुन २५, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

मेसीले बार्सिलोनालाई जोगाए

(एएफपी)

बार्सिलोना — भारको मद्दतले प्राप्त विवादास्पद पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार राति रियल सोसिडाडलाई १–० ले हराएको छ ।

यो जितले कम्तीमा बार्सिलोनाको उपाधि होड यात्रा ठीक स्थानमा रह्यो । यस सिजन मेसीले गरेको यो २४ औं व्यक्तिगत गोल रह्यो । यस्तै पछिल्ला पाँच खेलमा चौथो गोल पनि रह्यो ।

गत साता एल क्लासिकोको रियल म्याड्रिडविरुद्धको खेल गुमाएपछि बार्सिलोनामा निराशा छाएको थियो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा एटलेटिको म्याड्रिड र सेभियाले २–२ को बराबरी खेले ।
लिग तालिकामा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ र एक खेल कम खेलेको रियलको ५६ अंक छ । यस्तै सेभिया ४७ अंकमा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×