कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेसीले बार्सिलोनालाई जोगाए

(एएफपी)

बार्सिलोना — भारको मद्दतले प्राप्त विवादास्पद पेनाल्टीलाई लियोनल मेसीले गोलमा परिणत गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार राति रियल सोसिडाडलाई १–० ले हराएको छ ।

मेसीले बार्सिलोनालाई जोगाए

यो जितले कम्तीमा बार्सिलोनाको उपाधि होड यात्रा ठीक स्थानमा रह्यो । यस सिजन मेसीले गरेको यो २४ औं व्यक्तिगत गोल रह्यो । यस्तै पछिल्ला पाँच खेलमा चौथो गोल पनि रह्यो ।


गत साता एल क्लासिकोको रियल म्याड्रिडविरुद्धको खेल गुमाएपछि बार्सिलोनामा निराशा छाएको थियो । शनिबारको अर्को महत्त्वपूर्ण खेलमा एटलेटिको म्याड्रिड र सेभियाले २–२ को बराबरी खेले ।

लिग तालिकामा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ र एक खेल कम खेलेको रियलको ५६ अंक छ । यस्तै सेभिया ४७ अंकमा तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित : फाल्गुन २५, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?