रोनाल्डिन्हो पाराग्वेमा पक्राउ- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डिन्हो पाराग्वेमा पक्राउ

एजेन्सी

असन्सियोन — ब्राजिली फुटबल लिजेन्ड रोनाल्डिन्हो पाराग्वेको राजधानी असन्सियोनमा पक्राउ परेका छन् । नक्कली पासपोर्ट बोकेर पाराग्वे छिरेको आरोपमा रोनान्डिन्होसँगै उनका दाजु रोबर्टो डी असिसलाई पाराग्वे प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई रिसोर्ट याट एन्ड गल्फ क्लबबाट पक्राउ गरिएको पाराग्वेका गृहमन्त्री युक्लिडेस एसेभेडोले जानकारी दिएका छन् । गृहमन्त्री युक्लिडेसले भने, ‘म रोनाल्डिन्होको लोकप्रियताको कदर गर्छु तर तपाईँ जो भए पनि कानुनको सम्मान गर्नै पर्छ ।’ उनले यसबारेमा अनुसन्धान भइरहेको पनि बताए ।


पाराग्वे र ब्राजिलका सञ्चारमाध्यमले जनाएअनुसार उनीहरुलाई असन्सियोनकै होटेलमा प्रहरीको निगरानीमा राखिएको छ । रोनाल्डिन्होको करियरबारे लेखिएको पुस्तकको प्रचार र बालबालिकालाई सहयोगका लागि आयोजना गरिएको एउटा च्यारिटी कार्यक्रमका लागि उनीहरु पाराग्वे आएका थिए ।


पासपोर्टका कारण रोनाल्डिन्हो विवादमा आएको यो पहिलो पटक भने होइन । यसअघि दाजु असिससँगै रोनाल्डोले अदालतमा जरिवाना नतिरेकाले उनीहरुको पासपोर्ट खोसिएको थियो । १० महिनाको विदेश यात्राको प्रतिबन्धपछि गत सेप्टेम्बरमा मात्रै उनीहरुलाई पासपोर्ट फिता गरिएको थियो ।


सन् २००२ मा विश्वकपको उपाधि जित्ता उनी टिमको महत्वपूण सदस्य थिए । दुई पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डिन्होले सन् २०१८ मा सन्यास लिएका थिए ।

प्रकाशित : फाल्गुन २२, २०७६ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

टेकुको आइसोलेसन वार्डबाट भागेका बिरामी विराटनगरमा 'ट्र्याक' [अपडेट]

अतुल मिश्र

काठमाडौँ — कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको छ । डा. राजभण्डारीका अनुसार ती बिरामीलाई प्रतिष्ठानको आइसोलेसन वार्ड राख्‍ने व्यवस्था मिलाइएको छ ।

यस्तै, अब उपरान्त आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने भएको छ ।

ती बिरामी कोरियाबाट आएर बुधबार अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए ।

चारै जनामा कोरोनाको परीक्षण बिहीबार गराइने अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले बताएका थिए ।

कोरोनाको आशंकामा ३ नेपाली र एक फ्रेन्च अस्पताल भर्ना

तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको थियो । बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन् ।

मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७६ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×