२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बिहीबारदेखि १८ औं आहा रारा गोल्ड कप

कान्तिपुर संवाददाता

पोखरा — बिहीबारदेखि सुरु हुने १८ औं आहा रारा गोल्ड कपको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ । प्रतियोगिता पोखरा रंगशालामा हुने क्लबले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दियो । 

बिहीबारदेखि १८ औं आहा रारा गोल्ड कप

सम्मेलनमा बिहीबार उद्घाटन खेलमा आयोजक सहारा क्लब र ब्रिगेड ब्याइज क्लबबीच प्रतिष्पर्धा हुने जानकारी दिइयो । प्रकाशित खेल तालिका अनुसार सहभागी १० टिममध्य विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्याङ्दी क्लब भने सोझैं बाइ पाएर क्वाटरफाइनल पुगेका छन् ।


फागुन २३ गते एपीएफ क्लब र झापा ११ बीच खेल हुनेछ । फागुन २४ गते नेपाल पुलिस क्लबले सहारा र ब्रिगेड ब्वाइजबीचको विजेतासँग भेट पक्का गरेको छ ।


फागुन २५ मा एपीएफ र झापा ११ बीचको विजेतासँग मनाङ मस्याङ्दी क्लबले क्वाटरफाइनल खेल्ने छ । फागुन २६ मा गान्तोक सिटी क्लब भारत र साविक विजेता थ्रीस्टारबीच खेल हुनेछ ।


पहिलो चरणको अन्तिम खेल फागुन २७ मा संकटा र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ । फागुन २८ र २९ मा सेमिफाइनल र चैत १ मो फाइनल खेल हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा उपाधि विजेता टिमले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाउँनेछन् । प्रतियोगितामा १ करोड १८ लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुने पैसा क्लबबाट सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने अध्यक्ष थापाले बताए ।


सुजल श्रेष्ठलाई सम्मान गर्ने


सहारा क्लबले यस वर्ष राष्ट्रिय टिमका सुजल श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ । सहाराले हरेक वर्ष फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ । यसवर्ष सुजलले सो सम्मान पाउन लागेका हुन् । उनलाई ३५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने थापाले बताए ।


१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली टिम सम्हालेका सुजल ‘ए’ डिभिजन क्लब मछिन्द्रका कप्तान हुन् । उनकै कप्तानीमा १३ औं सागमा फुटबलमा नेपालले स्वर्ण पदक जितेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७६ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?