कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भीमबहादुर र रोजिनाले जिते खिजिदेम्बा अल्ट्रा म्याराथन

कुम्भराज राई

खिजिफलाँटे, ओखलढुंगा — खिजिदेम्बा गाउँपालिकामा आयोजित ‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ दोश्रो संस्करणको उपाधि भिमबहादुर गुरुङ र रोजिना भण्डारीले जितेका छन् । 

भीमबहादुर र रोजिनाले जिते खिजिदेम्बा अल्ट्रा म्याराथन

खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाँटेबाट सुरु भएको म्याराथन सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुगेर पुनः खिजिफलाँटेमै पुगेर टुंगिएको हो । फुल म्याराथन अन्तर्गत ४२ किलोमिटर दूरी पुरुष विधातर्फ गोरखा आरुघाटका ३७ वर्षीय भीमबहादुर गुरुङले तीन घण्ट ४९ मिनेटमा पूरा गरे ।


त्यसैगरी महिला विधामा जुम्लाकी रोजिना भण्डारीले चार घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै विजेता बनेकी हुन् । रोजिना नेपाली सेनाकी धाविका हुन् । पूर्व नेपाली सेनाका भीमबहादुर साविक विजेता हुन् । त्यसैगरी पुरुष विधातर्फ गोपाल तामाङले ४ घण्टा तीन मिनेटमा निर्धारित दूरी पार गर्दै दोश्रो भए । दुर्गा बुढाले चार घण्टा पाँच मिनेटमा निर्धारित दूरी पार गर्दै तेश्रो भए ।


महिलातर्फ साविक विजेता हुमी बुढामगरले पाँच घण्टा १८ मिनेटमा दौड पूरा गर्दै दोश्रो भइन् । स्थानीय धाविका सविना तामाङले पाँच घण्टा ३२ मिनेटमा दौड पूरा गर्दै तेश्रो भइन् । म्याराथनमा पुरुष २४ र महिला १२ गरी जम्मा ३५ जना सहभागी थिए ।


साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासका लागि ओखलढुंगा पर्यटन विकास समितिले गत वर्षदेखि म्याराथन आयोजना गर्दै आएको हो । विजेताहरुले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरे ।


समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइबाट दौड सुरु भई ३ हजार ६ सय मिटर दूरी पार गर्दै पुनः २ हजार २ सय मिटरमै आएर दौड टुंगिएको हो । विजेताहरुलाई प्रतिनिभिसभा सदस्य यज्ञराज सुनुवारले पुरस्कार वितरण गरे ।

प्रकाशित : फाल्गुन १९, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?