टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार - खेलकुद - कान्तिपुर समाचार

टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार 

कान्तिपुर संवाददाता

काठमाडौँ — एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । हारसँगै नेपाल एसिया कप छनोटको यसै चरणबाट बाहिरिने सम्भावना बढेको छ । 

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ११ रनमै अल आउट भयो । यससँगै नेपालले अघिल्लो चरणमा पुग्‍नको लागि अब हुने दुवै खेलमा फराकिलो अन्तरले जित्‍नुपर्नेछ ।


ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ४.४ ओभरमा ४२ रनको राम्रो साझेदारी देखाए पनि पछि सोहीअनुरुप खेल अगाडि नबढ्दा नेपालले हारको सामना गर्नु परेको हो ।


त्यस्तै नेपालका लागि स्पिनर सुसन भारीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिएका थिए । अर्का स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए । महँगा सावित भएका करण केसीले भने ३ ओभरमा ३३ रन खर्चिए ।


पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल २२ रनले पराजित भयो ।

प्रकाशित : फाल्गुन १८, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्‍त्रीको बुधबार मिर्गौला प्रत्यारोपण 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपा अध्यक्ष रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ । त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुनेछन् ।

ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।

पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो । शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएपनि प्रधानमन्त्रीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने बारे केही खुलाइएको छैन ।

यो पनि :

प्रकाशित : फाल्गुन १८, २०७६ १३:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×