कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार 

कान्तिपुर संवाददाता

काठमाडौँ — एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । हारसँगै नेपाल एसिया कप छनोटको यसै चरणबाट बाहिरिने सम्भावना बढेको छ । 

टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार 

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ११ रनमै अल आउट भयो । यससँगै नेपालले अघिल्लो चरणमा पुग्‍नको लागि अब हुने दुवै खेलमा फराकिलो अन्तरले जित्‍नुपर्नेछ ।

ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ४.४ ओभरमा ४२ रनको राम्रो साझेदारी देखाए पनि पछि सोहीअनुरुप खेल अगाडि नबढ्दा नेपालले हारको सामना गर्नु परेको हो ।


त्यस्तै नेपालका लागि स्पिनर सुसन भारीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिएका थिए । अर्का स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए । महँगा सावित भएका करण केसीले भने ३ ओभरमा ३३ रन खर्चिए ।


पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल २२ रनले पराजित भयो ।

प्रकाशित : फाल्गुन १८, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?