३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लिभरपुलको अविजित यात्रामा पूर्णविराम

(एएफपी)

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिरभपुलको अपराजित ४४ खेलको यात्रामा शनिबार राति पूर्णविराम लागेको छ । उसलाई रेलिगेसनबाट बच्‍न संघर्षरत वाटफोर्डले ३–० ले हरायो ।

लिभरपुलको अविजित यात्रामा पूर्णविराम

युरोपेली च्याम्पियनविरुद्ध इस्माइला सारले दुई गोल गरे भने एक गोल ट्रोय डेनीको नाममा रह्यो । यो हारले ३० वर्षयता अपराजित रहेर लिग उपाधि जित्ने लिभरपुलको सपना समाप्त भएको छ ।


लिभरपुल लिगमा अन्तिम पटक सन् २०१९ को जनवरीमा पराजित भएको थियो । यो हारका बाबजुत योर्गन क्लोपको लिरभपुल लिग तालिकाको शीर्ष स्थानमा अझै २२ अंकले अगाडि छ ।


शीतकालीन विश्रामपछि लिभरपुलले राम्रो गर्न सकिरहेको थिएन । च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडविरुद्धको खेल गुमाएको लिभरपुलले घरेलु लिगमा नरविच र वेस्ट ह्यामविरुद्ध प्राप्त गरेको जित पनि प्रभावशाली रहेको थिएन ।

शनिबारकै अन्य खेलमा वेस्ट ह्यामले साउथह्याम्पटनलाई ३–१ ले हरायो । यस्तै चेल्सी र बर्नमाउथले २–२ तथा न्युकासल र बर्नलीले ०–० को बराबरी खेले ।


यी नतिजापछि वाटफोर्डले रेलिगेसन क्षेत्र छाडेको छ र २७ अंकसहित १७ औं स्थानमा उक्लेको छ । पुछारका तीन स्थानमा बर्नमाउथ, एस्टन भिल्ला र नरविच रहेका छन् ।


प्रकाशित : फाल्गुन १८, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?