कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिन्धुलीमा ब्याडमिन्टन सुरु

राजकुमार कार्की

सिन्धुली — नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सैनिक दिवसलक्षित गरी शुक्रबार यहाँ सिन्धुलीगढी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । यो जिल्लामा भएको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो । तीनदिन चल्ने प्रतियोगितामा देशका १ सय ५० खेलाडीले भाग लिएको प्रतियोगिता आयोजक समितिका संयोजक छत्र बम्जनले बताए । मेन्स सिंगल र डबल्स, मिक्स्ड डबल्स र भेट्रान डबल्ससहित चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

सिन्धुलीमा ब्याडमिन्टन सुरु

जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष मीनकुमार दाहालले सिंगल्स विजेताले ५० हजार दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । डबल्स विजेताले ५० हजार, दोस्राले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । मिक्स्ड डबल्स विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रो हुने जोडीले १० हजार रुपैयाँ जित्नेछन् ।


भेट्रान्स डबल्स विजेताले ४० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरे । उनले यस्ता प्रतियोगिताले खेलकुदसँगै भ्रमण वर्षलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : फाल्गुन १६, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?