सागका पदक विजेतालाई पुरस्कार फागुनमै

नमिता दाहाल

काठमाडौँ — सरकारले १३औं साग पदक विजेतालाई फागुनभित्रै पुरस्कार दिने भएको छ । पुरस्कार घोषणा भएको लगभग तीन महिनापछि मात्रै खेलाडीले पुरस्कार पाउने भएका हुन् । 

सागका पदक विजेतालाई पुरस्कार फागुनमै

फागुन ११ गते युवा तथा खेलकुद मन्त्रालयबाट अन्तिम कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद पठाइएको थियो । १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधिलाई स्वीकृत गरि १५ गते खेलकुद पठाएको हो ।

कार्यविधि स्वीकृतसँगै यसअघि ५ लाखभन्दा बढी पुरस्कारमा लगाइने २५ प्रतिशत करसमेत नलगाइने गरी मन्त्रिपरिषदबाट निर्णय भएको छ ।


मन्त्रिपरिषद्को स्वीकृतिसँगै खेलकुद मन्त्रालयले निश्चित रकम माग गर्दै पठाएको फाइल पनि अर्थमन्त्रालयबाट अघि बढिसकेको बजेट शाखाका अधिकृत शशि भट्राईले जानकारी दिए।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले पनि पुरस्कार रकम यहस् महिनाभित्र वितरण गर्ने बताए ।


गत मंसिर १५ देखि २४ सम्म नेपालमा आयोजना भएको १३ औं सागमा नेपाली खेलाडीले सागको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता हात पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पुरस्कारको घोषणा गरेका थिए । गत मंसिर २५ गते प्रधानमन्त्रीले बालुवाटारमा एक कार्यक्रमको आयोजना गरेर स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रुपैयाँ, रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरेका थिए । त्यसमा पनि एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख दिने भनिएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७६ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?