कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

रियलमाथि बर्नाबाउमा सिटीलाई सफलता

एएफपी

म्याड्रिड — म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा बुधबार राति रियल म्याड्रिडलाई २–१ ले हराएको छ । इंग्लिस च्याम्पियनले रियललाई उसकै घर बर्नाबाउमा हराएको हो ।

रियलमाथि बर्नाबाउमा सिटीलाई सफलता

सिटीले खेलको अन्तिम १२ मिनेटमा दुई गोल गरेको थियो । ग्याब्रिएल जेसस र केभिन डे ब्रुनले गोल गरे । सिटीले कीर्तिमान १३ पल्टको युरोपेली विजेतालाई हराएको यो इतिहासमै पहिलो पल्ट हो ।


दोस्रो लेग सिटीको घर इतिहाडमा हुँदा रियलसँग कप्तान सर्जियो रामोस पनि हुने छैन् । जेससलाई लडाएपछि उनलाई रातो कार्ड देखाइएको थियो ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?