बुढासुब्बा गोल्डकप : मनाङ उपाधि नजिक

प्रदीप मेन्याङ्बो

सुनसरी — मनाङ मर्स्याङ्दी क्लब धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । मनाङले दार्जिलिङको युनाइटेड कर्स्याङ फुटबल क्लब(युकेएफसी) लाई २–० गोल गर्दै बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको हो । 

बुढासुब्बा गोल्डकप : मनाङ उपाधि नजिक

विजेता मनाङले अब उपाधीका लागि विभागीय टोली नेपाल पुलिस र मच्छिन्द्र क्लबबीचको विजेतासँग भिड्‌ने छ । मनाङ्का लागि पाहुना टोलीलाई घर पठाउन विमल राना र खेलका म्यान अफ द म्याच दयानन्द सिंले सुन्दर गोल गरेका थिए ।


विमलले खेलको १९ औं मिनेटमा कमल श्रेष्ठले गरेको कर्नर प्रहारलाई सदुपयोग गर्दै हेडमार्फत् युके एफसीविरुद्ध पहिलो गोल गरेर १–० ले अग्रता दिलाएका थिए ।


ए डिभिजन सुपर लिगमा तेस्रो स्थान बनाएको मनाङका लागि दोस्रो गोल खेलको इन्जुरी समयमा दयानन्द सिंले गरेका थिए । उनले रन्जन विष्टका पासमा सुन्दर गोल गर्दै उपाधिको दाबेदार निश्चत बनाएका थिए ।


बिहीबार अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस र मच्छिन्द्र क्लबबीच हुनेछ ।

प्रकाशित : फाल्गुन १४, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?